Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

संविधान र प्रजातन्त्रको रक्षाका लागि गठवन्धन जिताऔ : प्रधानमन्त्री देउवा

0 39

धनगढी, ६ कात्तिक । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान, प्रजातन्त्रको रक्षाका लागि गठवन्धनलाई जिताउन आवश्यक रहेको बताएका छन् ।

सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले गठवन्धनलाई सुदूरपश्चिमबाट जीतको सफलता मिल्ने अपेक्षा समेत राखे ।

चुनावपछि देश कता जाने भन्ने गम्भीर मोडमा रहेको बताउँदै उनले नेपालको संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन जरुरी रहेको बताए । २००७ सालदेखि लडाई लड्दै लाएको गणतन्त्र, संविधान बचाउनका लागि गठबन्धनलाई जिताउन जरुरी छ । उनले सुदूरपश्चिमबाट गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउन समेत आह्वान गरेका छन् । यस्तै देउवाले देश अहिले गम्भीर मोडमा उभिएको बताए । देश चुनावपछि कता जाने ? त्यसैले गठबन्धनलाई जिताउन जरुरी रहेको उनको दाबी छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठवन्धनको मुख्य मुद्धा भनेको नै संविधानको रक्षा भएको बताए । नेपालमा भएका हरेक राजनितिक परिवर्तन लोकतान्त्रीक र कम्यूनिष्टहरुको सहकार्यबाट सम्भव भएको ईतिहास छ अध्यक्ष प्रचण्डले भने, ‘ त्यसैले प्रतिगामीहरुलाई परास्त गर्नका लागि गठवन्धन गरिएको हो । केपी ओलीले नेतृत्व गरेको एमाले एमाले नै नभएको आरोप प्रचण्डले लगाए । हामी संविधान, लोकतन्त्र र संघियताको रक्षाका लागि एक ठाउँमा छौं प्रचण्डले भने, अर्कोथरीले रछ्यानमा मिल्काएको राजतन्त्र फर्काउनका लागि गठवन्धन गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमार्फत प्रतिगामीहरूलाई परास्त गर्नुपर्ने बताएका छन् । गणतन्त्रको रक्षा गर्न कांग्रेस र कम्युनिस्ट मिलेको उनले बताए । ‘म कांग्रेस हुँ, म माओवादी हुँ, म समाजवादी हुँ भनेर हुँदैन । हामी सबैले एक भएर अगाडि बढ्नुपर्छ । प्रतिगामीहरूलाई हराउँदै हामी जित्नुपर्छु, नेपालले भने ।

अध्यक्ष नेपालले लोकतन्त्रमाथि अझै खतरा कायम रहेको बताए । भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि धनगढी पुगेका हुन् ।

टिप्पणीहरू
Loading...