Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

नागरिक उन्मुक्तिका कैलारी संयोजक र सचिवले छाडे पार्टी

0 857

पहलमानपुर, २६ असोज ।। नागरिक उन्मुक्ति पार्टीका कैलारी गाउँपालिका संयोजक मिश्री प्रसाद कठरिया र सचिव मनोज चौधरीले पार्टी परित्याग गरेका छन् । पार्टी भित्र मौलाउँदै गएको बिकृतिका कारणले उनिहरु पार्टी परित्याग गरेको बताउँछन् ।

बुधबार सामाजिक संजालमा छुट्टा छुट्टै पोष्ट गर्दै कठरिया र चौधरीले पार्टीमा नातावाद, कृपाबाद र निकटता मौलाउँदै छ । जसका कारण सोझा, साझा र ईमान्दार कार्यकर्ताहरुको महत्व शुन्य भएको छ । आर्थिक रुपले सम्पन्नवर्ग र नेतृत्वको वरिपरि घुमिरह्ने कार्यकर्ताको मुल्यांकन बढ्दो छ, पार्टी नेतृत्वको आदेशलाई उल्लंघन गर्न कार्यकर्ता खप्पीस् भईसकेकाले आफुले पार्टीको जिम्मेवारी परित्याग गरेको संयोजक कठरिया बताउँछन् ।

यस्तै सचिव चौधरीले बिज्ञप्तीमा भनेका छन् ‘पार्टीका नेतृत्व कर्ता र पार्टीको केन्द्रिय समितिको नितिगत र सिद्धान्त सम्मत नेतृत्वले पार्टीको माग मुद्दा र समावेशिता आज भौगोलिक समावेशीता र सीमान्तकृत जातियताको आधारमा कैलारी गाउँपालिकाले कैलाली जिल्ला निर्वाचन क्षेत्र–३ क प्रदेशको प्रदेश सभा सदस्य पदको उम्मेदवारी टिकट केन्द्रिय समितीद्वारा सर्वसम्मती र आधिकारिक सर्वोच्च निर्णय द्वारा पाएको अवस्थामा पनि समग्र कैलारी गाउँपालिकाको माग र समावेशिताको अधिकारलाई हस्तक्षेप गरिएको कुरा सावित भइसक्यो । अब कुन आधारमा कसरी विश्वास गर्न सकिन्छ र कि यस पार्टीले आफ्नै घर भित्रको आपसी वैमान्श्यता र चलखेलले आत्म अस्तित्व नै गुमाउँदै जानु शिवाय केही विकल्प देखिन्न । त्यसैले म राजनैतिक यात्रालाई यहिं अवरुद्ध गरेको स्वघोषणा गर्दछु ।’

सो पार्टीले कैलाली क्षेत्र नं. २ क को प्रदेश सभा सदस्यको टिकट कैलारी २ का मिश्री प्रसाद कठरियालाई दिएको थियो । त्यसपश्चात कठरियाले निर्वाचन आयोगमा उम्मेदवारी समेत दर्ता सकेका थिए तर पछि भजनी ४ का घनश्याम चौधरीलाई समेत टिकट दिई उनलाई नै पार्टीले आधारिक उम्मेदवार बनाएको थियो । यसरी पार्टीले दोहोरो चरित्र देखाई आफुहरुको इमान्दारिताको खिल्ली उडाएको भन्दै कठरिया समर्थकहरु एक पछि एक गरि पार्टी परित्याग गरिरहेका हुन् ।

संयोजक कठरियाले लेखेको राजिनामाको पुर्ण पाठ

नेपालको गौरवशाली पहिचानवादी पार्टी यस नागरिक उन्मुक्ति पार्टी, कैलाली जिल्ला निर्वाचन क्षेत्र न.-३`क´ प्रदेशतर्फबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रदेश सभा सदस्य निर्वाचनको लागि यस नागरिक उन्मुक्ति पार्टी, कैलारी गाउँपालिकाबाट भौगोलिक समावेशीताको आधारमा म श्री मिश्री प्रसाद कठरियाले पार्टीको केन्द्रिय कार्यालय द्वारा तथा पार्टीका जन्मदाता एवम् संरक्षक सा‌ंसद माननीय श्री रेसम चौधरीले कैलारी गाउँपालिकालाई भौगोलिक समावेशिताको अधिकार स्वरुप मलाई उम्मेदवारी टिकट दिएको र जसअनुसार मैले मनोनयन दर्ता गरिसकेको थिएँ तर उहाँको सर्वोच्च आदेशलाई बेवास्ता गरि, पार्टीको नीति र सिद्धान्तको खुला उल्लंघन गरि यस पद्को लागी श्री घनश्याम चौधरीलाई टिकट दिइनु भनेको कैलारी गाउँपालिका र समस्त निर्वाचन क्षेत्र -३ कै अपमान र बेइज्जती हो भन्ने कुरा अवगत गराउदै यस पार्टीका आस्थावान पहिचानवादी नेता कार्यकर्ताहरुलाई म आजको मितिदेखी यस पार्टीको तर्फबाट कैलारी गा.पा. संयोजकको पदबाट राजिनामा दिएको स्वघोषणा गर्दछु।

सचिव चौधरीले लेखेको राजिनामाको पुर्ण पाठ

लेख्दा लेख्दै…….जीवनमा थुप्रै संस्मरणीय लेखहरु लेखिसकेको छु । जीवनको बीस वसन्त पार गरिसक्दा यो जिवनमा थुप्रै अनुभवहरु बटुलिसकेँ। अतीतदेखि वर्तमानसम्मको जीवन यात्रामा सकृय सामाजिक अभियन्ता,राष्ट्रिय उद्घोषक ,क्रान्तिकारी लेखक तथा साहित्यकार सर्जकको रुपमा कैलाली जिल्लामै परिचित थिएँ। जिवनलाई समय र परिस्थितिको डुङ्गाले राजनितिक जिवनमा अवतरित गराउँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी राज्य नेपालको संविधानले नेपाली नागरिकहरुको लागि कानुनि रुपमा व्यवस्था गरेको भौगोलिक तथा साँस्कृतिक हक ,अधिकार र पहिचानको अवधारणालाई आत्मैदेखी शिरोधार्य गरि पहिचानवादि भनिएको नागरिक उन्मुक्ती पार्टीमा कैलारी गाउँपालिकाको सचीव पदमा वहाल रही स्थानीय आसन्न निर्वाचन -२०७९ को समयदेखी प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्यको निर्वाचन -२०७९ को समयसम्ममा झण्डै ३०० ओटा कार्यक्रममा सकृय र निस्वार्थ रुपमा महत्वपुर्ण योगदान गरेको कुरा सर्वविदितै छ। मैले आजसम्म नागरिक उन्मुक्ती पार्टीमा आबद्ध पहिचानवादी युवा नेताहरुको अगुवाइको तरिका र सिद्धान्तप्रती ध्यानाकर्षण गर्दै विश्लेषण गर्दै जाँदा यस पार्टीका नेतृत्व कर्ता र पार्टीको केन्द्रिय समितिको नितिगत र सिधाान्तसम्मत नेतृत्वले पार्टीको माग मुद्दा र समावेशिता आज भौगोलिक समावेशीता र सीमान्तकृत जातियताको आधारमा कैलारी गाउँपालिकाले कैलाली जिल्ला निर्वाचन क्षेत्र-३`क´ प्रदेशको प्रदेश सभा सदस्य पदको उम्मेदवारी टिकट केन्द्रिय समितीद्वारा सर्वसम्मती र आधिकारिक सर्वोच्च निर्णयद्वारा पाएको अवस्थामा पनि समग्र कैलारी गाउँपालिकाको माग र समावेशिताको अधिकारलाई हस्तक्षेप गरिएको कुरा सावित भइसक्यो। अब कुन आधारमा कसरी विश्वास गर्न सकिन्छ र कि यस पार्टीले आफ्नै घर भित्रको आपसी वैमन्स्यता र चलखेलले आत्म – अस्तित्व नै गुमाउँदै जानू शिवाय केही विकल्प देखिन्न । थाहा छ..

निभ्न लागेको दियोले मट्टितेलको उर्जाबिना कहाँसम्म ज्योती दिन सक्छ -त्यसैगरी यस पार्टीको आत्मअस्तित्व क्षणभरमै रित्तिन सक्ने सम्भावना चुलिसकेको देख्दा आफ्नै घरलाई बिगार्दै गरेको कुरा प्रतिविम्वित छ। त्यसैले ,हक अधिकार र पहिचानको माग मुद्दालाई स्थापित गर्न के पार्टी को यहि नीति र व्यवस्थाले सफल हुन्छ र ? आजसम्मको आन्तरिक कुरा बुझ्दै जाँदा आफू आफूमै हक अधिकार र पहिचानको मुद्दालाई समावेशी बनाउन नसकिनुले यस पार्टीको लक्ष्य, दूरदृष्टि र एजेन्डाले कसरी समावेशी नेपालको परिकल्पना गरेको होला। यी सम्पूर्ण कुराहरुलाई नियाल्दै जाँदा पार्टी नियम विपरीत मार्गमा गैसकेको कुरा बोध भैसकेको कुरालाई महशुस गर्दै आजको मितिदेखी म कैलारी गाउँपालिका सचिव श्री मनोज चौधरी राजनीतिक जिवन यात्रालाई यहीँ अवरुद्ध गरिसकेको स्वघोषणा गर्न चाहन्छु ।

टिप्पणीहरू
Loading...