कैलाली, २५ असाेज ।। बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका रेशम चौधरीको उम्मेदवारी खारिज भएको छ। टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्ली बजार जेलमा सजाय भोगिरहेका चौधरीको उम्मेदवारी खारिज भएको हो।
यसअघि नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण चौधरी (थारु) को पनि उम्मेदवारी खारिज भएको थियो।