Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

प्रधानमन्त्री देउवाको उम्मेदवारी विरुद्ध उजुरी

0 33

धनगढी, २४ असोज । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ ।

20221003 152602

डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका लागि बीपी कांग्रेसका उम्मेदवार कर्ण मल्लले देउवाको नामांकन जन्म मितिमा एउटा र मतदाता नामावालीमा अर्कै भएको भन्दै मुख्य निर्वाचन कार्यालयमा उजुरी दर्ता गरेका हुन् ।
प्रधानमन्त्री देउवाको जन्ममिति नागरिकतामा २००३ जेठ ३१ गते रहेको छ भने मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख छ ।

प्रमुख निर्वाचन अधिकृत वालकृष्ण वाग्लेले उजुरी परेको पुष्टी गर्दै भने, ‘यस विषयमा कानुन वमोजिम मंगलबारसम्म निर्णय लिइने छ’ । ऐन कानुन अनुसार आवश्यक छानबिन गरिने पनि प्रमुख निर्वाचन अधिकृतले जानकारी दिए । आइतबार प्रधानमन्त्रीपत्नी तथा कांग्रेस नेता आरजु देउवा वारेस भएर देउवाको उम्मेदवारी दर्ता गराएकी थिइन् ।

20221003 144200
टिप्पणीहरू
Loading...