Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

‘सखिया नाच’ले थारू बस्ती गुञ्जायमान

0 52

धनगढी, १९ असोज ।। कैलालीको टीकापुर नगरपालिका–१ सत्घरुवा गाउँ अचेल मादलको ताल र मञ्जिराको झंकारले गुञ्जायमान छ । ४४ घर घरधुरी रहेको गाउँका बालकदेखि बृद्धासम्म बेलुका गाउँकै बरघर अमित कुमार चौधरीको घरमा भेला हुन्छन् । अनि सुरु हुन्छ, मादलको ताल र मञ्जिराको झंकारसँगै सामूहिक नाचिने सखिया नाच । फटक ट्वाङ घरौना, फटक टवाङ घरौना…मादलको आवाजमा नर्तकीहरु कम्मर मर्काउन थाल्छन् ।

सामूहिक नाचिने सखिया नाचले गाउँमा दसैँ आएको छनक दिएको छ । सुनसान हुने गाउँको मोहोललाई एकाएक उल्लासमय बनाएको छ । गाउँका बरघर तथा सखिया नाचका अगुवा मडरिया (मादल बजाउने प्रमुख) समेत रहेका अमित चौधरीले दसैँमा प्रदर्शनको लागि सखियाको तयारी भदौ २१ गतेदेखि नै सुरु गरेको जानकारी दिए ।

सत्घरुवाका स्थानीयहरु प्रमिला चौधरीको अध्यक्षतामा ५३ सदस्यीय समिति नै गठन गरेर तयारी थालेका थिए । हप्तौंदेखि तयारीमा जुटेका स्थानीयहरु असोज १८ गते (नवमी) पर्ने डसिया (दसैँ)को पिट्रहुवा अर्थात् पिण्ड सेलाउने दिनदेखि दसैँको टीकापछिको दिनसम्म नाच्ने जानकारी बरघर चौधरीले दिए ।

दसैंको आगमनसँगै टीकापुरको सत्घरुवा गाउँ मात्रै होइन, पश्चिम नेपालको थारु बस्ती नै सखियाले उल्लासमय बनेको छ । कैलालीको कैलारी गाउँपालिका–६ बेनौली गाउँका भलमन्सा पहलमान चौधरीले भने, ‘दसैँमा सखिया नाचै भएन भने के को दसैँ ?’ बेनौलीका अगुवा मडरिया वेदप्रकाश महतोले सखिया नाचकै लागि हप्तौं अघिदेखि मादल साज्ने (तयार)गरेको सुनाए ।

सखिया नाचको तयारीमा मोरिन्या (गुरुमा) र पच्गुनिया (सहायक गुरुमा) मार्फत् गीतिनृत्यको रुपमा रहेको सखिया नाच्ने र गाउने विधि र प्रक्रियाहरु सिकाइने गरिएको लोकसंस्कृतिविद अशोक थारु बताउँछन् ।

20221001 143927
Bardagoriya
Joshipur.
20221003 141230
kailari wada 8
20220916 090747
टिप्पणीहरू
Loading...