कैलाली, ४ असाेज । कैलालीमा हतकडी सहित थुनुवा भागेका छन् ।
ईलाका प्रहरी कार्यालय सडकपुरबाट साेमबार लागु औषध सहित पक्राउ परेका बर्दगाेरिया गाउँपालिका-२ का अन्दाजी २८ वर्षीय जुगराम चाैधरी हतकडी सहित भागेकाे प्रहरीले जनाएको छ ।
चाैधरी राति करिब साढे १० बजेतिर भागेर फरार भएकाेमा उनकाे खाेजी भइरहेकाे प्रहरीकाे भनाइ छ ।
उनलाई प्रहरीले दुई ग्राम लागु औषधसहित पक्राउ गरेकाे थियाे ।