Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

टिकटक बनाउने क्रममा किशोरीलाई खोलाले बगायो

0 41

रोल्पा, २८ भदाैं ।। रोल्पाको सुलिचौर दोभानमा रहेको लुङ्ग्री खोलाले सोमबार १४ वर्षीय बालिका फरीदा खातुनलाई बगाएकाे छ।

सुर्यदय माविमा अध्ययनत बालिका दिउँसो करिब साढे ३ बजेको समयमा आफ्ना साथीहरूसँग घुमघाम गर्न खोला किनारामा पुगेकी थिइन्।  साथीहरूसँग खेल्दै टिकटक बनाउँदै गरेकी खातुनलाई खोलाले बगाएको खातुनका साथीहरूले बताएका छन् ।

हिजो राति अबेरसम्म स्थानीय र प्रहरीले खोज्दा उनलाइ  फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता एवम् सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए।  आज बिहानैदेखि  प्रहरी निरीक्षक प्रकाश वाग्लेको कमाण्डमा स्थानीय र प्रहरी मिलेर खोजीकार्य भइरहेको छ। 

Dinesh Add
टिप्पणीहरू
Loading...