Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीको एक वडा कार्यालयले लगायो गर्भवती र बालबालिकालाई धुम्रपानजन्य पदार्थ विक्री वितरणमा रोक

0 101

मसुरिया, २६ भदौं ।। कैलालीको गौरीगंगा नगरपालिका – ५ मा गर्भवती र बालबालिकालाई धुम्रपान तथा मद्यपानजन्य पदार्थ विक्री वितरण गर्न निषेध गरिएको छ । वडा कार्यालयले एक सूचना जारी गर्दै असोज १ गतेदेखि वडामा धुम्रपान तथा मद्यपानजन्य पदार्थ विक्री वितरणमा निशेष गरेको हो ।

वडा अध्यक्ष विष्णु प्रसाद भाटको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको सूचनामा उल्लेख छ ।

सूचनामा भनीएको छ ‘वडामा संञ्चालन रहेका थोक तथा खुद्रा किराना पसलबाट १८ बर्ष मुनीका बालबालिका एवम् गर्भवती महिलालाई धुम्रपान तथा मद्यपानजन्य पदार्थ बिक्री वितरण निषेध गरिएको व्यहोरा जानकारी गराइन्छ ।’

297681239 423638719861952 7297964524213887323 n
टिप्पणीहरू
Loading...