Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

माओवादी केन्द्र जानकी गाउँपालिका द्धारा उम्मेदवारको नाम सिफारिस

0 141

कैलाली, २३ भदौं ।। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) जानकी गाउँपालिका पार्टी कमिटीले उम्मेदवारीको नाम सिफारिस गरेको छ । जानकी गाउँपालिका गाउँ कमिटी अध्यक्ष ज्ञानु कुवंरको अध्यक्षतामा बसेको पार्टी पदाधिकारीको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक तर्फका लागि उम्मेदवार सिफारिस गरेको हो ।

जस अनुसार प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ कैलाली क्षेत्र नं. १ मा नेपबहादुर थारु, हरिलाल ज्ञवाली, क्षेत्र नं. २ मा भगत बडुवाल, नन्द बहादुर साउदको नाम सिफारिस गरिएको हो । यस्तै प्रतिनिधी सभाको समानुपातिक तर्फ क्षेत्र नं. १ मा धनसिंह बि.क. लाई सिफारिस गरिएको छ ।

त्यसैगरि प्रदेश सभाको प्रत्यक्ष तर्फ क्षेत्र नं. १ क मा ज्ञानु कुवंर, २ क मा कृष्णा सोडारीको नाम सिफारिस गरिएको छ । यस्तै समानुपातिक तर्फ क्षेत्र नं. १ मा रितादेवि चौधरी, प्रेम बि.सी, क्षेत्र नं. २ मा टेक बहादुर टमट्टा र राम कृष्ण थारुको नाम सिफारिस गरिएको माओवादी केन्द्र जानकी गाउँकमिटी सहसचिव सुरेश लाल चौधरीले बताए ।

garima 1
Dinesh Add
टिप्पणीहरू
Loading...