कैलाली, २० भदौं ।। कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेबाट पूर्वमन्त्री गौरीशंकर चौधरी र चुलुराम चौधरी गरी दुई जनाको नाम सिफारिस भएको छ। गौरीशंकर २०७४ सालको चुनावमा बाम गठबन्धनतर्फबाट निर्वाचित भएका थिए। त्यतिबेला उनी माओवादी केन्द्रमा थिए। चौधरीले कांग्रेस उम्मेदवार रामजनम चौधरीलाई हराएका थिए। अहिले उनी एमालेमा छन्।
यस्तै प्रतिनिधि सभा सदस्यका लागि क्षेत्र नम्बर १ मा तीन जनाको नाम सिफारिस गरिएको छ। सिफारिस हुनेमा सम थापा, टिकापुर नगरपालिकाका पूर्वमेयर तपेन्द्र रावल र शिलु खतिवडा (स्वार) रहेका छन्। उनीहरु तीनै जनाको नाम सिफारिस गरिएको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिले जनाएको छ।
