Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

मुख्यमन्त्री भट्ट द्धारा गौराको शुभकामना

0 45

कैलाली,१८ भदाैं ।। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गौरापर्वले सुदूरपश्चिमवासीबीच सद्भाव र एकता कायम राखोस् भन्ने शुभकामना व्यक्त गरेका छन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा गौरापर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै यस पर्वले आपसी समझदारी र बन्धुत्वको भावना जगाई प्रदेशवासीबीच सद्भाव र एकता कायम राखोस् भनी शुभकामना व्यक्त गरेका हुन । मुख्यमन्त्री भट्टले परापूर्वकालदेखि मनाउँदै आएको गौरापर्व प्रदेशको विशिष्ठ पहिचानका रूपमा रहेको आफ्नै ऐतिहासिक एवं पौराणिक महत्व बोकेको पर्व रहेको बताए । साथै उहाँले मौलिक पर्वका रूपमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गौरापर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन ।

टिप्पणीहरू
Loading...