मसुरिया, ३ भदौं ।। १८३ औं विश्व फोटो दिवसको अवसरमा कैलालीको गौरीगंगा ८ मा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल फोटो ग्राफर एशोसिएसन गौरीगंगा उपसमितिको आयोजनामा कार्यक्रम गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा कैलालीको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । गौरीगंगा – ८ का वडा अध्यक्ष करुणा चौधरीले रक्तदान मानिसको जीवन दान भएको बताइन् ।

कार्यक्रमको सहकार्य रहेको गौरीगंगा ११ स्पोर्ट्स क्लवका अध्यक्ष दिनेश कलेलको सभापतित्वमा भएको कार्यक्रममा नेपाल फोटो ग्राफर एशोसिएसन कैलालीका जिल्ला सदस्य साधुराम चौधरी, खप्तड बहुमुखी क्यापसका प्राध्यापक नर बहादुर देउवा, नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखा सभापति छ्त्र बहादुर बम र क्लवका सहसचिव हेमन्त राज जोशीले बिचार राखेका थिए । कार्यक्रममा रक्तदाताहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।
