कैलाली, १ भदौं ।। राष्ट्रिय सभा अध्यक्षसहितको टोलीले आज कैलालीमा डल्फिन अवलोकन गरेको छ । टीकापुर नगरपालिका–७ वैदीस्थित मोहना पथरैया नदीको दोभान, पथरैया, काढा नदीको दोभानमा सो टोलीले डल्फिन अवलोकन गरेको हो ।
राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, सदस्य गरिमा शाह, टीकापुरका मेयर रामलाल डङ्गौरा थारु लगायतकाले डल्फिन अवलोकन गरेको डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिए ।
उनका अनुसार धेरै डल्फिन देखेपछि उनीहरु रमाएका थिए । यसैगरी, अध्यक्ष ढुङ्गानाले डल्फिन संरक्षण लगायतको विभिन्न मागसहित टोलीलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । उनीहरुले सहयोगको प्रतिवद्धता जनाएको ढुङ्गानाले बताए । विश्वमै दुर्लभ डल्फिन कैलालीका विभिन्न सहायक नदीमा वर्षा यामभरि देखिने गरेका छन् ।

