Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कठरिया समाज नेपालको साधारण सभा भदौं ४ गते पहलमानपुरमा हुने

0 188

पहलमानपुर, १ भदौ ।। कठरिया थारु समुदायको एकमात्र मातृसंस्था कठरिया समाज नेपालको साधारण सभा हुने भएको छ । सो समाजको कार्यसमितीको बैठकको निर्णय अनुसार भदौ ४ शनिवारका दिन जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. १० पहलमानपुरमा साधारण सभा हुन लागेको हो ।

साधारण सभामा संस्था सँग आवद्ध संस्थापक सदस्य, आजिवन सदस्य र साधारण सदस्य लगायत सम्पुर्ण कठरिया थारु समुदायका बुद्धिजिवी, समाजसेवि, अगुवा, भल्मन्सा, पधना लगायत सरोकारवालाहरुको अनिवार्य उपस्थितीका लागि संस्थाले अनुरोध गरेको छ ।

उक्त साधारण सभा पहलमानपुर स्थित कान्तिराज्य लक्ष्मी माध्यमिक विद्यालयको सभाहलमा विहान १० बजे पश्चात हुने कठरिया समाज नेपालका अध्यक्ष दुखिराम कठरियाले जानकारी दिए ।

garima
टिप्पणीहरू
Loading...