Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

डेंगुबाट कसरी जोगिने ?

0 37

काठमाडौ, ३० श्रावण ।। डेंगु एडीस जातको इजिपटाई तथा एल्बोपिक्ट्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्दछ। ज्वरो आउनु, टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा स–साना थोप्ला जस्तो बिबिरा देखिनु र मांसपेशी तथा जोर्शी दुख्नु यसका लक्षणहरु हुन्। 

निरन्तर बान्ता हुनु, पेट असाध्यै दुख्नु, रक्तस्राव हुनु, आलश्य वा व्यग्रता हुनु, पेटमा पानी जम्नु, कलोजोको आकार बढ्नु खतराका संकेतहरु हुन्।

डेंगुबाट कसरी जोगिने ?

– लामखुट्टेको टोकाइबाट बच्न पुरा शरीर ढाक्ने कपडा लगाउने

– शरीरका खुल्ला भागमा लामखुट्टेको टोकाइबाट बच्ने मल्हम लगाउने

– घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकामा जाली लगाउने

– बिहान, बेलुका वा राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने

– घर वरपर प्लास्टिक, सीसा, खपटा, सिडी, चिया खाएर फालिएका कप, नरिवलका बोक्रा आदि भए सफा गर्ने र पानी जम्न नदिने

– खाल्डा खुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने

– खाली भाँडाकुडा घोप्टाएर राख्ने

– पानीको ट्यांकी पुरै खाली गरेर सफा गरिरहने

– कुलरमा हप्ताको एक वा दुई पटक मट्टितेल हाल्ने। स्वास्थ्य खबरबाट

टिप्पणीहरू
Loading...