Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीका भागिरामले ३०औं पटकमा पास गरे एसईई

0 127

कैलाली, १२ श्रावण ।। निरन्तरको मेहनत र दृढ आत्मविश्वासले सफलता निश्चित हुन्छ । यो कथनका उदाहरण बनेका छन् कैलालीको कैलारी गाउँपालिका ६ बनकट्टाका ५३ वर्षीय भागीराम चौधरी। २९ औं पटकसम्म एसएलसी तथा एसईईमा अनुत्तीर्ण भएका उनी अन्ततः ३०औं पटकको प्रयासमा सफलता हासिल गरेका छन।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले बुधबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अनुसार उनी २.५ जीपीए ल्याइ पास भएका हुन्। एसईईमा उत्तीर्ण भएपछि उनले आफू अध्ययनरत तथा कार्यरतसमेत रहेको विद्यालयमा मिठाई बाँडेर खुसी साटेका छन्। उनी कैलारी गाउँपालिका–९ गदरियास्थित जनता माध्यमिक विद्यालयका कार्यालय सहयोगी हुन्। उनी सोही विद्यालयमा अध्ययनरत छन्।

२०४८ देखि एसएलसी परीक्षा दिदै आएका उनी कोरोना महामारीको अवधिमा भने परीक्षामा सहभागी भएनन्। शिक्षा प्राप्तिको निकै लामो संघर्ष र दृढ आत्मविश्वासपछि एसईई उत्तीर्ण भएका उनले आफू कार्यरत रहेको विद्यालयमै कक्षा ११ भर्ना हुने योजना रहेको बताए। शिक्षाप्रति उनमा भएको लगाव नै सबैको लागि उत्प्रेरणाको स्रोत बनेको उनका सहकर्मी बताउँछन्।

यस्तै जनता माध्यमिक विद्यालयमा कार्यरत शिक्षक डिल्लीराम मिश्रले पनि जीवनमा हरेश नखाइ निरन्तर मेहनत गरे सफलता निश्चित रहेको भन्ने उदाहरण भागीराम बन्न सफल भएकोमा हर्ष व्यक्त गरे। ३ सन्तानका पिता रहेका उनका जेठा छोरा स्नाकोत्तर अध्ययनरत छन्, भने अर्को छोरा र छोरी स्नातकमा अध्ययनरत छन्।

टिप्पणीहरू
Loading...