Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

‘प्रतिनिधि सभा र प्रदेश निर्वाचन मंसिर ४ मा’

0 54

काठमाडौं, १० साउन । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन आगामी मंसिर ४ गतेका लागि सरकारले निर्णय गर्ने तयारी गरेको बताएका छन् ।

निर्वाचन आयोगमा आज भएको पत्रकार सम्मेलनमा उनले सो जानकारी गराएका हुन । ‘आयोगले आगामी मंसिर २ गतेका लागि आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मितिबारे परामर्श सरकारलाई दिए पनि मंसिर ४ गते निर्वाचन एकै चरणमा गर्नेगरी सरकारले आगामी मन्त्रीपरिषद बैठकबाट निर्णय गरेमा आश्चर्य नमान्नुहोला’, उनले भने ।

उनले सामान्यतयाः निर्वाचन गर्न आयोगलाई १२० दिन समय चाहिने भएपनि अब घोषणा हुने मितिले सो दिन अपुग हुने बताए ।

टिप्पणीहरू
Loading...