पहलमानपुर, ७ श्रावण ।। थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको कैलाली जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम शनिवार जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. १ सुखडमा सम्पन्न भएको छ । मोर्चाका कैलाली अध्यक्ष वालकृष्ण चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी मोर्चाका केन्द्रिय अध्यक्ष तथा पुर्वमन्क्री सन्तकुमार थारु रहेका थिए ।
थारु राष्ट्रिय मुत्ति मोर्चामा आवद्ध जिल्लाका विभिन्न पालिकाहरुका सहभागिहरुको उत्साहजनक सहभागितामा भएको कार्यक्रमको प्रशिक्षण मोर्चाका केन्द्रिय महासचिव तथा राष्ट्रिय सभा सदस्य हरिराम चौधरी (उत्सव), नेकपा (माओवादी) केन्द्रका केन्द्रिय सदस्य तथा कैलाली ईन्चार्ज हरि ज्ञवाली (अखण्ड), पार्टीका केन्द्रिय सदस्य कृष्ण कुमार चौधरी (कुन्दन) लगायतका ले गरेका थिए ।
यस्तै सो जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य लाल बहादुर सोडारी (दर्शन), केन्द्रिय सदस्य तथा सुदूरपश्चिम सरकारका भुमि, ब्यवस्था तथा सहकारी मन्त्री बिनिता चौधरी, प्रदेश साँसद बिरमान चौधरी, पार्टीका प्रदेश सदस्य तथा कैलाली संयोजक लाजुराम चौधरी लगायतका दर्जनौ थारु नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रम नेकपा (माओवादी केन्द्र) निकट थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल कैलाली जिल्ला कमिटीको आयोजनामा सम्पन्न भएको हो ।