पहलमानपुर, ७ श्रावण ।। कठरिया समाज नेपालको अध्यक्षमा दुखिराम कठरिया (लौसा) चयन भएका छन् । शनिवार कैलाली जिल्लाको जोशीपुर गाउँपालिका वडा नं. ६ सिमरी गाउँमा भएको सो समाजको भेलाले कठरियालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
उक्त समाजको उपाध्यक्षमा गीता कठरिया (घुसरी), सचिवमा सुवेश कठरिया (कोईलीभुरुवा), सहसचिवमा अनिल कठरिया (लक्कड) र कोषाध्यक्षमा दिल बहादुर कठरिया (चर्रा) चयन भएका छन् ।
यस्तै सदस्यहरुमा देविदयाल कठरिया (सिसैया), राजेश कठरिया (कटानपुर), रामचन्द्र कठरिया (मुडा), बिरेन्द्र कठरिया (कोंटातुल्सिपुर), राजकुमार कठरिया (तप्पा), मिना कठरिया (पहलमानपुर), मानबहादुर कठरिया (मुनुवा) र जितेन्द्र कठरिया (सिमरी) चयन भएका छन् ।
समाजका गतिविधीहरु थप प्रभावकारी बनाउन सल्लाहकार समिती समेत गठन गरिएको छ । जसको सदस्यहरुमा गया प्रसाद कठरिया (सिसैया), रेखा देवि कठरिया (सिमरी), परशुराम महतौं कठरिया (कन्चनपुर) र सुरेश कठरिया (बगुलिया) रहेका छन् । सल्लाहकार समितीका थप सदस्य र संयोजक आगामी बैठकबाट मनोनित गरिने जनाईएको छ ।