Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

गौरीगंगामा माटो परिक्षण गरि माटो सुहाउँदो उत्पादन गर्न कृषकलाई प्रोत्साहन गरिने

0 68

घनश्याम पौडेल, मसुरिया, ३ साउन ।। कैलालीको गौरीगंगा नगरपालिकामा व्यवसाय सेवा प्रदायक संजाल निर्माण अन्तर्क्रिया गोष्ठी सम्पन्न भएको छ । वर्ल्डभिजन इन्टरनेशनलको साझेदारीमा दिगो विकास समाज भजनी कैलालीको आर्थिक पुनस्र्थापना परियोजना अन्तर्गत गोष्ठी गरिएको थियो ।

दिगो विकास समाजका सह सचिव धनीराम राजीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै गौरीगंगा नगरपालिका नगर प्रमुख देविदत्त कडेल कृषि उपजको उत्पादन लागत बढ्दो तर भण्डारण, ढुवानी र बजार मुल्य सँगको प्रतिस्पर्धाको आधारमा किसान समस्यामा रहेको बताए ।

राज्यबाट कृषिको बजार सुनिश्चिततामा सहयोग र प्रोत्साहन हुन नसकिरहेको भन्दै कडेलले गौरीगंगा नगरपालिकाका सम्पुर्ण वडाहरुमा माटोको परिक्षण गरि माटो सुहाउँदो उत्पादन गर्ने बाताबरण सृजना गर्ने योजनामा रहेको बताएका छन् । कृषक, समुह, सहकारी संस्था तथा टोल बस्तीमा कृृषि प्राविधिक परिचालन गरेर एक गाउँ एक उत्पादन कार्यक्रम गर्न माटो उपयुक्त खेती गर्न र स्थानीय बजार तथा बाह्य क्षेत्रमा बजारिकरण गर्न सहयोग गर्ने बताएका छन् ।

कार्यक्रमका सहभागीहरुले राज्य र नगरपालिकाले कृषक लक्षित कार्यक्रम र योजना बनाउन नसक्दा व्यावसायिक रूपमा कृषि उपजको उत्पादन र बजारको सुनिश्चितता हुन नसकिरहेको बताएका थिए । कृषक, जनप्रतिनिधि, एग्रोभेट, ढुवानी कर्ता, व्यापारी सम्मिलित नगरपालिका स्तरिय नेटवर्क बनाएर कृषि उपजको उत्पादन भण्डारण ढुवानी तथा बजारको सुनिश्चितता गर्ने निर्णय गरिएको छ । कार्यक्रमको सञ्चालन दिगो विकास समाजका फिल्ड सहजकर्ता मुकेश चौधरीले गरेका थिए ।

टिप्पणीहरू
Loading...