पहलमानपुर, १ श्रावण ।। कैलालीका दुई पालिकाले कमैया मुक्ति दिवशको अवसरमा स्थानिय विदा दिने निर्णय गरेका छन् । जिल्लाको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले सो दिवशको अवसरमा श्रावण २ गते स्थानिय विदा दिने निर्णय गरेका हुन् ।
भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाको कार्यपलिका बैठकले कमैया मुक्ति घोषणा भएको दिन पालिका भरि स्थानीय बिदा दिने निर्णय गरेको हो । तत्कालीन सरकारले २०५७ श्रावण २ गते कमैयाहरुलाई मुक्त भएको घोषणा गरेको थियो । उक्त दिनको सम्झनामा मुक्त कमैयाहरुले हरेक वर्ष कमैया मुत्ति दिवस भब्य रुपमा मनाउँदै आएका छन् ।
सोही दिन भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका वडा कार्यालयहरु र सम्पूर्ण शैक्षिक तथा स्वास्थ्य संस्थामा स्थानीय बिदा दिने सूचना प्रकाशित गरी सो पालिका स्रोतले जानकारी दिएको छ ।