Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

स्थानिय द्धारा घोडाघोडी नगरपालिका वडा नं  ७ को कार्यालयमा तालाबन्दी

0 140

कैलाली, २८ असार ।। कैलालीको घोडाघोडी नगरपालिका वडा नं ७ हरिनगरको वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । वडा अध्यक्षले स्थानीयहरू सँग छलफल नगरेर एकलौटी तरीकाले योजना छनोट गरेको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन ।

आर्थिक वर्ष २०७९/२०८० को वडामा विनियोजित बजेट वडा अध्यक्षले एकलौटी ढङ्गले छुटाएको हुँदा आफूहरूले वडा कार्यालयमा तालाबन्दी गर्न बाह्य भएको स्थानीयहरूले बताएका छन् । वडा कार्यालयले गुपचुपमा योजना छनोट गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन । टोलमा ग्राभेल सडक, खानेपानी, नदी कटान लगायतको समस्या छ ।

तर योजना छनोट गर्दा कालोपत्रे सडकलाई पहिलो प्राथमिकतामा राखेको स्थानीय मोहन शाहीले बताए । कति पय ठाउँमा अझै सडकहरू ग्राभेल हुन नसकेर हिलाम्मे छन् तर वडा अध्यक्षले आफ्नो घर सम्म जाने सडकलाई कालोपत्रे गर्न लागेको उनले बताए । सडक कालोपत्रे भन्दा पनि हिलाम्मे सडकहरू ग्राभेल र नदी कटान रोक्न तटबन्धलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने उनको भनाई छ ।

पटक पटक वडाध्यक्ष सँग बसेर छलफल गर्दा पनि आफूहरूको मागको सुनाई नभएको स्थानीयहरूले बताएका छन् । कृतिपुर, हरिनगर, करैचा गाउँका स्थायिनहरु उपस्थिति वडा कार्यालयमा तालाबन्दी गरेका हुन । वडाको बजेट सम्मान जनक तरीकाले विनियोजित हुनु पर्ने उनीहरूको माग छ ।

यता वडा अध्यक्ष जुगराम चौधरीले सम्मान जनक तरीकाले वडाको बजेट विनियोजन गरेको उनले बताए । आफूलाई असफल बनाउन केही व्यक्तिहरू लागेको उनले प्रतिक्रिया दिए । 

टिप्पणीहरू
Loading...