Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

विशेषज्ञ उपचार सेवाको नाममा कैलारीमा ठग्दै मिरर अस्पताल

0 114

कैलाली, २६ असार ।। कैलालीको कैलारी गाउँपालिकाको हसुलियास्थित एक अस्पतालले विशेषज्ञ सेवाको नाममा सेवाग्राहीलाई ठगिरहेको आरोप लागेको छ ।

हसुलिया बजारस्थित मिरर अस्पतालले औषधोपचारको नाममा महंगो शुल्क असुलीका साथै बिरामीलाई गलत रिपोर्ट दिई स्वास्थ्यमाथि खेलवाड गरिरहेको आरोप लागेको हो ।

कैलारी गाउँपालिका १ हसुलिया गाउँका स्थानीय प्रदेशु चौधरीले असार २२ गते आफ्नी ८ महिने छोरी अकांक्षा चौधरीलाई ज्वरो र खोकीले सताएपछि नजिकै रहेको सो अस्पतालमा भर्ना गरेको सुनाउँछन् । उपचार हुने आशमा महंगो शुल्कका बाबजुट असार २४ गतेसम्म अस्पतालमै राखे ।

प्रदेशु चौधरी भन्छन्, ‘अस्पतालका डाक्टरले २ दिनसम्म राख्दा समेत छोरीको स्वास्थ्य अवस्था सामान्य बताइरहेको थियो । अझै राख्न भनिरहेको थियो । तर छोरीको अवस्था झन–झन नाजुक बन्दै गएको थियो । उपचार शुल्क, औषधी, छातीको गरिएको एक्स–रे शुल्क गरी ९÷१० हजार बढी त्यहै खर्च भयो । तर छोरीको अवस्थाले आफूहरुलाई असाह्य भएपछि जबरजस्ती डिसचार्ज माग्यो र असार २४ गते साँझ धनगढी लग्यौ । धनगढीमा देखाउँदा त छोरीलाई निमोनिया संक्रमण भइसकेको रहेछ । एक दिन अझै मिररमै राखेको भए छोरीको हालत जे पनि हुन सक्थ्यो ।’ उनले छोरीको स्वास्थ्य अवस्थाको हाल सुधारोन्मुख रहेको बताए ।

प्रदेशु चौधरीका अनुसार मिरर अस्पतालमा छातीको गरिएको एक्स–रे समेत कामै नलाग्ने भएको पाइएको बताए । त्यही एक्स–रे रिपोर्ट धनगढीमा देखाउँदा कामै नलाग्ने भएको पाइएपछि सो अस्पतालले उपचारको नाममा गाउँघरमा खुलेयाम ठगिरहेको महसुस भएको दुखेसो सुनाए ।

खुलेयाम ठगिएको थाहा पाएपछि स्थानीयहरु असार २५ गते अस्पताल प्रशासनलाई खबरदारी गरेका छन् । लागेको उपचार खर्चसहित क्षतिपूर्ति दिनु पर्ने भन्दै उनीहरुले खबरदारी गरेका हुन् । स्थानीय अभियानकर्ता मनोज चौधरीले विशेषज्ञ सेवाको नाममा गाउँघरमा गरिब निमुखा नागरिकको स्वास्थ्यमाथि सो अस्पतालले खेलवाड गरिरहेको दाबी गरेका छन् । उनले सम्बन्धित निकायले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको विशेषज्ञताको अनुगमन गरी परीक्षण समेत गर्नुपर्ने बताए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अशोक शाहले काम गर्दै जाँदा केही कमजोरी हुन सक्ने भन्दै कमजोरी स्वीकार गरेका छन् । उनले व्यवस्थापन समितिको बैठक बसी पीडितले माग गरेको क्षतिपूर्तिको विषयमा छलफल गरी क्षतिपूर्ति दिने वा निकास दिने आश्वास दिए । केर्नी न्युजबाट

टिप्पणीहरू
Loading...