पहलमानपुर, २५ असार ।। नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम प्रदेश कमिटी सदस्य खुशिराम चौधरी (भिमसेन) नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् ।
शनिवार कैलालीको घोडाघोडी नगरपालिका वडा नं. १ सुखडमा आयोजित सो पार्टीको कार्यकर्ता भेटघाट, प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनि पार्टी प्रवेश गरेका हुन् ।
थारू राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रिय सदस्य तथा पार्टीका कैलाली क्षेत्र नं.३ प्रदेश ख का इन्चार्ज समेत रहेका चौधरीलाई नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टिका लगाई स्वागत गरेका हुन् ।
सो पार्टीमा उनि सँगै जनता समाजवादी पार्टीका प्रदेश सदस्य, सोही पार्टीको थारू संघका कैलाली जिल्ला अध्यक्ष भरत चौधरी सहित विभिन्न पार्टी परित्याग गरि ३ सय ८४ जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेको पार्टीका केन्द्रिय सदस्य सन्तोष कठरियाले जानकारी दिए ।