Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

लोपोन्मुख संगीत संरक्षण गर्न ‘एक प्रदेश एक परम्परा’ कार्यक्रम : प्रधानमन्त्री

0 37

काठमाडौं, २१ असार ।। प्रधानमन्त्री शेरबहादुर देउवाले लोपोन्मुख संगीत परम्पराको संरक्षणका लागि ‘एक प्रदेश एक परम्परा’ कार्यक्रम ल्याएको बताएका छन् ।

मंगलबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १२ औं प्राज्ञ सभा बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठानमार्फत् विभिन्न नेपाली लोकबाजा तथा लोकनृत्यहरुको पहिचान र प्रशिक्षण, नाट्य प्रविधिका क्षत्रका विशेष प्रशिक्षण, बालनाटक महोत्सव कार्यक्रमहरुको आयोजना गर्दै जाने बताए । 

Jay Bajrang

यसका लागि देशको सवै भूगोल, जाति, समुदायसम्म पुग्न प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री देउवाले प्राज्ञ प्रतिष्ठानका प्राज्ञहरुलाई निर्देशन दिए । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री  जीवनराम श्रेष्ठले देशको सांस्कृतिक विविधतालाई जोगाइराख्नु सबैको कर्तव्य भएको बताए । रातोपाटी

टिप्पणीहरू
Loading...