Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

जानकी गाउँपालिकाद्धारा आगामी आर्थिक वर्षको ६९ करोड ३० लाख वजेट सार्वजनिक

0 60

कैलाली, ८ असार ।। जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि  ६९ करोड  ३० लाख बजेट ल्याएको छ  । बुधबार भएको गाउँपालिकाको दशौं गाउँसभामा उपाध्यक्ष लालमति कठरियाले आगामी आर्थिक वर्षको निती तथा कार्यक्रमहरु कार्यान्वयनका लागि उक्त वजेट ल्याएको बताए ।

गाउँपालिकाले ल्याएको वजेट अन्र्तगत चालु तर्फ ४५ करोड ८४ लाख  ५ हजार ५ सय १६ रुपैया र पुँजीगत  खर्च तर्फ  २३ करोड ५४ लाख ९४ हजार ४ सय ८३ रुपैया रहेको छ ।  गाउँपालिकाले  आय तर्फ आन्तिरिक स्रोत राजस्व परिचालनबाट  ३ करोड ९ लाख  ५५ हजार, संघिय सामान्यीकरण अनुदानबाट १५ करोड, ८६ लाख, संघिय राजश्व बाँडफाँडबाट १३ करोड ५२ लाख  ५१ हजार, संघिय सर्शत अनुदान तर्फ २४ करोड ३० लाख प्राप्त हुने जनाएको छ ।

यस्तै संघिय समपुरक  अनुदानबाट १ करोड ८० लाख, संघिय विशेष अनुदानबाट १ करोड २०  लाख, प्रदेश समानीकरण अनुदानबाट १ करोड १५ लाख ९५ हजार, प्रदेश राजस्व बाँडफाँडबाट  २ करोड ३० लाख ९९ हजार, प्रदेश समपुरक अनुदानबाट ४० लाख र विशेष अनुदान ६५ लाख आय प्राप्त हुने जनाएको छ ।

BHATBHATENIDHNG 20220610095338

गाउँपालिकाले  व्यय तर्फ  आर्थिक विकास तर्फ ४ करोड ३५ लाख  २२ हजार १० रुपैया, सामाजिक विकास तर्फ २५ करोड २३ लाख १७ हजार ९ सय ९९ रुपैया, पुर्वाधार विकास क्षेत्र तर्फ  १९ करोड ५८ लाख ११ हजार ५ सय ७५ रुपैया विनियोजन गरेको छ ।

यस्तै वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ ७२ लाख ९९ हजार ९ सय ९९ रुपैया,  संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ १ करोड ५८ लाख ३४ हजार ९ सय ९० रुपैया र कार्यालय संचालन  तथा प्रशासनिक  खर्च तर्फ  १८ करोड ०१ लाख ७८ हजार  ४ सय २४ रुपैया विनियोजन गरेको छ ।

Jay Bajrang
टिप्पणीहरू
Loading...