Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘चिसो मान्छे’ प्रदर्शनमा 

0 38

काठमाडौँ, ३ असार ।  अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘चिसो मान्छे’ आजबाट प्रदर्शनमा आएको छ। शुक्रवार रिलिज भएको यो फिल्मले नेपाली फिल्मतर्फ सोलो रिलिज हो।

शर्मिला पाण्डेको लगानी रहेको फिल्ममा दिपेन्द्र के खनालको लेखन, छायाङ्कन र निर्देशन रहेको छ। फिल्ममा स्वस्तिमाका साथै अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी लगायतका कलाकारको अभिनय रहेको छ।

BHATBHATENIDHNG 20220610095338

रातो बाकसमा फर्किएका श्रीमानलाई बाजुराबाट काठमाडौंसम्म लिन आइपुगेकी पुष्पाको कथा फिल्ममा उतारिएको छ। काठमाडौंबाट बाजुरासम्म गाडीमा श्रीमानको शव राखेर सुरु हुन्छ उनीहरुको यात्रा। काठमाडौंदेखि बाजुरासम्मको यात्रा फिल्ममा देखाइएको छ।

फिल्मको सुटिङ काठमाडौं, बाजुरा लगायतका स्थानमा गरिएको थियो। फिल्ममा बाजुराको भाषासमेत समावेश गरिएको छ।

Jay Bajrang
टिप्पणीहरू
Loading...