Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सारथी अस्पतालले पत्रकारलाई निशुल्क चेकजाँच गर्ने 

0 22

कैलाली, २ जेठ ।। नेपाल प्रेस युनियन कैलालीको समन्वयमा धनगढीको सारथी अस्पतालले पत्रकारलाई निशुल्क चेकजाँच गर्ने भएको छ । अस्पतालले कैलालीका पत्रकारलाई ओपिडी चेकजाँच पूर्ण रुपमा निशुल्क र अन्य सेवामा २० प्रतिशत छुटमा सेवा दिने भएको छ ।

नेपाल प्रेस युनियन कैलाली र सारथी अस्पताल प्रालि बिच भएको सम्झौता अनुसार कैलालीमा कार्यरत पत्रकार एक घर परिवारका चार जनालाई समेत ओपिडी चेकजाँच पूर्ण रुपमा निशुल्क र अन्य सेवामा २० प्रतिशत छुट दिने प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले जानकारी दिए ।
सारथी अस्पतालका प्रवन्ध निर्देशक बेदप्रकाश जोशी र नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार ओपिडी चेकजाँच निशुल्क गर्ने तथा ल्याव, बेड भर्ना, फार्मेसी, यूएसजी, इको, एक्सरे, आइसियू र इसिजीमा २० प्रतिशत छुट दिने अस्पतालका प्रबन्ध निर्देशक बेदप्रकाश जोशीले जानकारी दिए ।

सम्झौता कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम ईन्चार्ज भीम चौधरी, नेपाल फोटो पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष विवेक नागरी, नेपाल प्रेस युनियन कैलालीका सदस्य कृतबहादुर बिष्टको उपस्थिती रहेको थियो ।

BHATBHATENIDHNG 20220610095338
Jay Bajrang
टिप्पणीहरू
Loading...