Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

जाेशीपुरमा कठरिया थारु जनप्रतिनिधि भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न

0 74

पहलमानपुर, २९ जेठ ।। कैलाली जिल्लाकाे जाेशीपुर गाउँपालिका वडा नं. १ स्थित जाेशीपुर बजारमा कठरिया थारु जनप्रतिनिधि भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएकाे छ । कठरिया सन्देश पत्रिका तथा अनलाइन पहलमानपुरकाे आयाेजनामा शुक्रबार साे कार्यक्रम सम्पन्न भएकाे हाे ।

संस्थाका प्रकाशक/सम्पादक राजेन्द्र कुमार कठरियाकाे सभापतित्वमा भएकाे कार्यक्रमका प्रमुख अतिथि जाेशीपुर गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चाैधरी रहेका थिए भने विशिष्ट अतिथिहरुमा जानकी गाउँपालिकाका उपाध्यक्ष लालमति कठरिया र जाेशीपुर गाउँपालिका उपाध्यक्ष रेखा कठरिया रहेका थिए ।

कार्यक्रममा बाेल्दै जाेशीपुर गाउँपालिका अध्यक्ष चाैधरीले चार वर्ण, छत्तिस जातकाे फुलवारीकाे रुपमा रहेकाे हाम्रो देशमा हरेक जातजातिले आफ्नो पहिचान जाेगाउन पाउनु पर्ने बताए । उनले भने ‘हाम्राे पालिकामा पनि कठरिया थारु समुदायको बस्ती छ, उनिहरुकाे भाषा, संस्कृति पालिकाकाे गहना हाे जसलाई संरक्षण गर्ने कार्यक्रम आगामी दिनमा आफुले संचालन गर्ने बताए ।’

यस्तै कार्यक्रमका विशिष्ट अतिथि जाेशीपुर गाउँपालिकाका उपाध्यक्ष रेखा कठरियाले पनि आफुहरुले अन्य समुदायकाे हक, अधिकार र पहिचानलाई हनन् नहुने गरि कठरिया समुदायकाे माैलिकता झल्काउने कृयाकलाप अगाडि बढाउने बताए । कठरिया समुदायकाे प्रतिनिधित्व गर्दै आफू पालिका उपाध्यक्ष भएतापनि मेराे जिम्मेवारी पालिकामा बासाेबास गर्ने हरेक जाति, वर्ग, क्षेत्र र लिंङ्गलाई समान रुपमा सेवा दिने हाे उनले भने ।

साेहि कार्यक्रममा अर्का बिशिष्ट अतिथी जानकी गाउँपालिकाका उपाध्यक्ष लालमति कठरियाले पनि कसैलाई काखापाखा र भेदभाव नगरि कार्य सम्पादन गर्नु आफ्नाे प्रमुख जिम्मेवारी भएकाे बताए । उनले भने ‘जिल्लाकाे पुर्वि क्षेत्रमा कठरिया थारु समुदायकाे घना बस्ती छ त्यसैले अन्य समुदाय सराह साे समुदायकाे पहिचानलाई संरक्षण, सम्बर्द्धनमा सहयाेग पुर्‍याउने हाम्राे पनि कर्तब्य हो।’

आयाेजक कठरिया सन्देशका ब्यवस्थापक, सम्पादक अर्जुन सिंह कठरियाकाे स्वागत मन्तब्य संगै सुरु भएकाे कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष हर्क बहादुर कठरिया, कैलारी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष तारा मल कठरिया, जाेशीपुर गाउँपालिकाका लेखा अधिकृत मिनराज कठरिया, बुद्धिजीवी प्यारेलाल कठरिया लगायतकाे उपस्थिति रहेकाे थियाे ।

उक्त कार्यक्रममा स्थानीय तहकाे निर्वाचन २०७४ सालमा कठरिया समुदायको नेतृत्व गर्दै ५ बर्षे कार्यकाल जनप्रतिनिधि भई काम गरिसकेकाहरुलाई बिदाई तथा हालै सम्पन्न स्थानीय तहकाे निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत समेत गरिएकाे थियाे ।

जाेशीपुर बजारकाे स्टार क्याफेमा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहमा नेतृत्व गरिसकेका र गरिरहेका जनप्रतिनिधिहरुकाे उत्साहजनक सहभागीता रहेकाे थियाे भने साे कार्यक्रमकाे संचालन कठरिया सन्देश पत्रिका/अनलाइनका प्रधान सम्पादक टीआर कठरियाले गरेका थिए ।

BHATBHATENIDHNG 20220610095338
टिप्पणीहरू
Loading...