Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

पुरैना ताल पुर्नस्थापना गरिने

0 301

खेम राज पाण्डेय, भजनी २५ जेठ ।। कैलालीकाे भजनी नगरपालिका वडा नं. ७ स्थित चर्रामा रहेकाे पुरैना ताल पुर्नस्थापना गरिने भएकाे छ । ताल पुर्नस्थापना गर्नका निम्ती बुधबार कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा तथा संरक्षणकर्मीहरुकाे सक्रियतामा साे ताल क्षेत्र अनुगमन गरिएकाे छ ।

अनुगमनका क्रममा पुरैना तालकाे सिमा निर्धारण गरि कार्य अगाडि बढाउने निर्णय भएकाे छ । जसका लागि डिभिजन बन कार्यालय पहलमानपुर, भजनी नगरपालिका, वडा नं. ७ काे कार्यालय, जिल्ला स्थित सुरक्षा निकाय, नेपाल प्रहरी, शसस्त्र प्रहरी वल, संरक्षण साझेदार संस्थाहरु, नापी कार्यालय, सामुदायिक बन उपभोक्त समुहहरु लगायतका समन्वय र सहकार्यमा ताल पुर्नस्थापना गरिन लागिएकाे डिभीजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताए । सयौं बिगाहा क्षेत्रफलमा फैलिएको ताल क्षेत्रमा विभिन्न प्रजातिका चरचुरुङ्गीको समेत बासस्थान भएकाले उक्त तालको पुर्नस्थापना अतिआवश्यक रहेको उनको भनाई छ ।

सो तालको अनुगमन प्रमुख जिल्ला किरण थापा, राष्ट्रिय अनुसन्धान कैलाली प्रमुख रमेश डाँगा, डिभीजन वन कार्यालय पहलमानपुर प्रमुख गोकुल रिजाल, सव डिभिजन वन कार्यालय भजनीका प्रमुख दिलीप कुमार यादव, डिभीजन वन कार्यालय पहलमानपुर अधिकृत राजिब चौधरी, संरक्षणकर्मी विजय श्रेष्ठ, हिरुलाल डंगौरा र सामुदायिक वनका खोम बहादुर खड्का, स्थानीय वीर बहादुर हमाल, सुरक्षाकर्मी सहितको टोलीले गरेको हो ।

ks programme
टिप्पणीहरू
Loading...