Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

घोडाघोडी–९ मा काँग्रेसका शाह विजयी

0 41

कैलाली, ४ जेठ ।। कैलालीको घोडाघोडी नगरपालिका– ९ को वडाध्यक्षमा नेपाली काँग्रेसका हरि चन्द्र शाह विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण बहादुर शाहलाई पराजित गर्दै उनी  १ हजार १ सय १९ मतका साथ विजयी भएका हुन् । एमालेका कृष्ण बहादुर शाहले ८ सय ६ मत प्राप्त गरेका छन् ।

त्यसै गरी महिला सदस्यमा सुशीला चौधरी १ हजार ७५ मत, नेकपा एमाले बाट  दलित महिला सदस्यमा सृजना सार्की ७ सय ६५ मत, खुल्ला सदस्य द्वय नेपाली काँग्रेस बाट विर्ख बहादुर बुढा १ हजार ३४ मत र गजेन्द्र बहादुर रावल ९ सय ४३  मत ल्याई विजयी भएका छन् । वडा नम्बर २ हजार ३ सय ९५ मत खसेको थियो ।

यस अधि २०७४ को स्थानीय चुनावमा नेकपा एमालेका कृष्ण बहादुर शाह विजय भएका थिए । २०४९ साल पछि नेकपा एमालेको किल्ला भत्काउन नेपाली काँग्रेस सफल भएको हो । 

टिप्पणीहरू
Loading...