Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीको भजनीमा सबै उम्मेदबारका समान मत

0 280

कैलाली, १ जेठ । कैलालीको भजनी नगरपालिकामा रोचक परिणाम सार्वजनिक भएको छ । यहाँ पाँच दल चुनावी मैदानमा छन् । उनीहरूले विभिन्न पदमा समान मत पाएका छन् । रेशम चौधरीले नेतृत्व गरेको रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिले सर्वाधिक मत पाएको छ ।

मत परिणाम अनुसार सातै पदमा एउटै मत छ । उनीहरू सबैले ४३२ मत पाएका छन् । दोस्रोमा माओवादी केन्द्र रहेको छ । माओवादी केन्द्र उपप्रमुख बाहेक ६ पदमा उम्मेदवारी दर्ता गरेको थियो । ती सबै पदमा पनि समान २२२ मत प्राप्त भएको छ । त्यस्तै कांग्रसले उपप्रमुखमा मात्रै उम्मेदवारी दिएको छ । माओवादीले पाएको समान मत कांग्रेसको उपप्रमुखले पनि पाएका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीले सातै पदमा समान १५४ र नेकपा एमालेले पनि सातै पदमा समान १३६ मत पाएको छ । यो मत परिणाम ९४४ मत गणना गर्दा सम्मको हो ।

टिप्पणीहरू
Loading...