Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलारीमा गठबन्धनले कारबाही गरेको उम्मेदवारलाई आधिकारिक भन्दा बढी मत

0 213

कैलाली, ३१ बैशाख ।। कैलालीको कैलारी गाउँपालिकामा गठबन्धनले कारबाही गरेको उम्मेदवारले आधिकारिक उम्मेदवार भन्दा बढी मत पाएका छन् । तीन दलीय गठबन्धनको आधारमा कैलारी गाउँपालिका अध्यक्ष माओवादीले र उपाध्यक्ष कांग्रेसले पाउने सहमति भएको थियो ।

सोही सहमति अनुसार कैलारी गाउँपालिकामा गठबन्धनको तर्फबाट माओवादीका उम्मेदवार लाजुराम चौधरी र उपाध्यक्षमा कांग्रेसका भागमा भगवती चौधरीले उम्मेदवारी दिएका थिए । पार्टीबाटै उम्मेदवारी दिएर कारबाहीमा परेका कांग्रेसका उम्मेदवार राजसमझ चौधरीले अहिले गठबन्धनको भन्दा बढी मत ल्याएका हुन् ।

पाँच सय मत गणना हुँदा अहिले सम्म राप्रपाका अध्यक्ष उम्मेदवारले १८२ मत पाएका छन् । त्यस्तै अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले १४० मत पाएका छन् । तेस्रो अवस्थामा रहेको माओवादी केन्द्रले १ सय मत पाएको छ ।

माओवादीका उम्मेदवार रहेका लाजुराम चौधरी अहिलेका गठबन्धनका आधिकारिक उम्मेदवार हुन् । २६ गते कैलारी पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लाजुराम चौधरीलाई मत मागेका थिए । उपाध्यक्षमा पनि राप्रपा अगाडी छ । उपाध्यक्षमा पनि काँग्रेसका उम्मेदवार दोस्रोमा छन् ।

कांग्रेस उम्मेदवारले १४६ मत पाएका छन् । माओवादीकी बागी उम्मेदवारले ११५ मत पाएकी छन् । माओवादीको तर्फबाट उम्मेदवारी दिएकी लक्ष्मी चौधरी सत्गौवा गठबन्धनको बागी उम्मेदवार हुन् । तर, माओवादी अध्यक्ष प्रचण्डले उनलाई पनि मत मागेका थिए ।

टिप्पणीहरू
Loading...