कैलाली, ३१ बैशाख ।। कैलालीको घोडाघोडी नगरपालिकामा गठबन्धनले अग्रता लिएको छ । घोडाघोडी नगरपालिका वडा न १ र १२ को तीन सय मत गणना हुँदा नगर प्रमुखमा उम्मेदवार खडक रावतले ११४ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा गुलिया चौधरीले ९७ मत प्राप्त गरेकी छन् ।
नेकपा एमालेका उम्मेदवार ममता चौधरीले ६८ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा करुण बम बटलाले ६९ मत प्राप्त गरेकी छन् । त्यसैसरि नगर प्रमुखमा रा प्र पा का निरज मल्लले ४९ मत ल्याएका छन् भने उपप्रमुख कि उम्मेदवार लक्ष्मी चौधरीले ३५ मत प्राप्त गरेकी छन् ।