कैलाली, ३१ बैशाख ।। कैलालीको घोडाघोडी नगरपालिकामा गठबन्धनका तर्फबाट एकिकृत समाजबादीका खडक रावतले सुरुवाती अग्रता लिएका छन् । रावतले २०० मत गन्दा ७६ मतका साथ लिड गरिरहेका छन भने एमाले का ममता प्रसाद चौधरी ४१ मतका साथ दोस्रो स्थानमा छन् ।
यस्तै राप्रपा का निरज मल्ल ३० मतका साथ तेस्रो स्थान मा छन्। यस्तै उपमेयरमा समेत गठबन्धन बाट कांग्रेसकि गुलिया चौधरीले ६७ मतका साथ लिड गरेकी छन्। एमाले की करुणा बम बटाला ४१ मतका साथ पछ्याइरहेकी छन् यहाँ प्रमुखमा एमालेबाट ममता प्रसाद चौधरी, गठबन्धनबाट एकीकृत समाजवादीका खडक रावत र राप्रपाबाट नीरज मल्ल बिच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
उपप्रमुखमा एमालेबाट करुणा बम बटाला र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी गुलिया चौधरी बिच प्रतिस्पर्धा हुने आकलन गरिएको छ । यहाँ ५२ हजार ४० मतदाता रहेकोमा ३३ हजार ६४९ मत खसेको छ ।