कैलाली, १८ बैशाख ।। कैलालीको बर्दगोरिया गाउँपालिकामा नेकपा एमाले बाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार कर्ण कुवँरले आफू गाउपालिकाको अध्यक्ष पदमा आफु निर्वाचित भए गाउँ पालिकाको अध्यक्षको हैसियतले पाउने कुनै सेवा सुबिधा नलिने घोषणा गरेका छन्।
अध्यक्षले पाउने मासिक ३० हजार तलब पारिश्रमिक बैंकक, भ्रमण भत्ता, संचार , अतिथी सत्कार , अनुगमन र गाडी सुबिधा लगायत कुनै सेवा सुबिधा नलिने पत्रकार सम्मेलनमा घोषणा गरेका हुन् । उक्त रकम अक्ष्यकोष स्थापना गरि गाउँ पालिकाका ६ वटै वडाका टुहुरा ,असाय र बिपन्न बर्गका बालबालिका र उनका अभिभावकहरुका लागि गास, बास कपास र शिक्षा क्षेत्रमा खर्च गर्ने बताए ।
आफू ५ बर्ष जनताको सेवक भएर समाजलाई रुपान्तरण गर्न भ्रष्टाचार मुक्त पालिका आर्थिक पारदर्शिता सुशासन ,समृद्धि र बिकासको आधार, बर्दगोरियामा एमालेको सरकार भन्ने मुल नारा सहित घरदैलो अभियान तिव्रता दिदै आउनु भएको छ।आसन्नबैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै एमालेले घरदैलो अभियान गरेको हो ।
जस अनुसार पार्टीका गाउँपालिका अध्यक्ष पदका उम्मेदवार कर्ण कुँवर र उपाध्यक्ष पदका उम्मेदवार ईन्दु कुमारी कठरिया लगायतको टोलिले घरदैलो अभियान गरि सुर्य चिन्हमा मतदान गर्न आव्हान गरेका हुन ।
घर दैलो अभियानमा अध्यक्ष पदका उम्मेदवार कर्ण कुँवरले आफुले जिते पालिकालाई नमुना पालिका बनाउने बताए । शिक्षा, स्वास्थ्य र पुर्बाधारका क्षेत्रमा उल्लेखनीय बिकास गर्दै आफुले सुखी नेपाली र समृद्ध नेपालको नारालाई सार्थक तुल्याउन जनताका माग र भावना अनुसार आफू अध्यक्ष पदको उम्मेदवार रहेको जानकारी गराएका छन् ।
आफु निर्वाचित भए सरकारी सेवा सुविधा गरीव जेहेन्दर र विपन्न बालबालीकाको क्षेत्रमा खर्च गर्ने समेत बताए । मतदाता संग अपिल गर्दै कुँवरले आफुले जिते खानेपानी, पर्यटकीय क्षेत्रको विकास, सडक कालोपत्रे लगाएत गुरुयोजना बनाएर पालिकालाई देशकै उत्कृष्ट पालिका बनाउने प्रतिबद्धता पत्र सार्वजनिक गर्दै प्रतिबद्धता जनाए । कैलाली उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष कर्ण कुँवर २०७४ को स्थानीय तहको निर्वाचनमा अध्यक्ष पदमा झिनो मतले उप बिजेता बनेका थिए । यस क्षेत्रमा लोकप्रिय समाजसेवी मानिन्छन ।
