पहलमानपुर, १७ बैशाख ।। कैलाली जिल्लाकाे लम्कीचुहा नगरपालिका वडा नं. १० काे वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका सचिन चाैधरीले कैंची चुनाव चिन्ह पाएका छन् ।
शनिबार निर्वाचन अधिकृतकाे कार्यालय लम्कीचुहाले चाैधरीलाई चुनाव चिन्ह कैँची दिएकाे हाे । स्थानीय तहकाे तहकाे बैशाख ३० गते हुन गईरहेकाे चुनावका सहभागीता जनाउन चाैधरीले बैशाख १२ गते वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
उनले वडाकाे समग्र विकासका लागि साथै शिक्षा, स्वास्थ्य, बाटाेघाटाे निर्माण, भ्रष्टाचार माैलाएकाे वडालाई भ्रष्टाचार मुक्त गर्न र युवाहरुमा फैलिएको राजनीति प्रतिकाे वितृष्णालाई चिर्नाका लागि उम्मेदवारी दिएकाे बताए ।
