Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

डा. बाबुराम भट्टराईका १६ सय ५१ नेता-कार्यकर्ता माओवादीमा फर्किए

0 282

मसुरिया, ८ बैशाख ।। बृहत् ध्रुवीकरण अभियान अन्तर्गत कैलालीका हजारौं पूर्वमाओवादी नेताहरु नेकपा माओवादी केन्द्रमा फर्केका छन्। आज कैलालीको मसुरियामा आयोजना गरिएको बृहत् ध्रुवीकरण तथा एकता कार्यक्रममा जनता समाजवादी, विप्लव नेकपा र नेकपा एमालेमा रहेका पूर्वमाओवादी नेताहरु माओवादी केन्द्रमा फर्केका हुन्।

चुनावको निकटतासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यस्तता बढेको छ। उनी माओवादी केन्द्रलाई २०६४ सालकै अवस्थामा फर्कन लागि परेका छन्। त्यसक्रममा दिनहुँ विभिन्न पार्टी परित्याग गरेर नेता-कार्यकर्ताहरु माओवादी प्रवेश गरिरहेका छन्। प्रचण्डले माओवादी केन्द्रमा गोलबद्ध हुने क्रम तीव्र हुने बताउने गरेका छन्।

उनले भने झैँ आज कैलालीको मसुरियामा आयोजना गरिएको बृहत् ध्रुवीकरण तथा एकता कार्यक्रममा कैलाली र कञ्चनपुर जिल्लाबाट जनता समाजवादी पार्टीबाट १७ सय बढी नेता तथा कार्यकर्ता, विप्लव नेतृत्वको नेकपाबाट दुई सय जना तथा नेकपा एमालेबाट तीन सय नेता तथा कार्यकर्ता प्रवेश गरेका छन्। जनता समाजवादीका प्रदेश अध्यक्ष कृष्ण चौधरी यसअघि नै माओवादीमा प्रवेश गरेका थिए।

जनता समाजवादी, विप्लव नेकपा र नेकपा एमालेमा रहेका पूर्व माओवादीहरूको ठुलो संख्या माओवादी केन्द्रमा ध्रुवीकृत भएका हुन्। उनीहरूलाई भव्य समारोहकाबीच अध्यक्ष प्रचण्डले स्वागत गरेका छन्। प्रवेश गर्नेहरूमा कैलाली र कञ्चनपुर जिल्लाबाट हजारौंको संख्यामा नेता तथा कार्यकर्ताहरू उपस्थित भएका छन्। कैलाली जिल्लाको मसुरियामा आयोजना गरिएको कार्यक्रममा दस हजार बढी जनताको उपस्थिति रहेको छ।

‘मैले डाक्टर बाबुराम भट्टराईलाई भने हामी एकीकृत कम्युनिस्ट तथा समाजवादी आन्दोलन निर्माण गर्न क्रान्तिकारी ध्रुवीकरणमा अघि बढौँ तर उहाँले मान्नु भएन। म भने सिंगो सुदूरपश्चिमको जनता समाजवादी पार्टी लिएर आफ्नो मूल घरमा प्रवेश गरेको छु। १६५१ जना जसपाका सदस्य आज मूल घरमा फर्किएका छन्,’ कृष्ण चौधरी भने।

सोही अवसरमा अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनको पीडा र जनताले भोग्नुपरेको क्षतिलाई सुदूरपश्चिम प्रदेशले ब्याजसहित असुल गरेको दाबी गरे। उनले सिंगो राष्ट्रले सुदूरपश्चिमलाई सम्मान गरेको बताए। उनले भने, ‘सुदूरपश्चिमबाट हिजो माओवादी आन्दोलन विभाजनको पीडा र त्यसबाट जनताले भोग्नुपरेको क्षतिलाई सुदूरपश्चिमले ब्याजसहित असुल गर्नेगरी ध्रुवीकरण गरेको छ। त्यसकारण पनि सिंगो राष्ट्रले सुदूरपश्चिमलाई सम्मान गरेको छ।’

टिप्पणीहरू
Loading...