Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

माओवादी केन्द्र अध्यक्ष प्रचण्ड बिहीबार सुदुरपश्चिम आउँदै

0 81

मसुरिया, ७ बैशाख ।। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बिहीबार (भोलि) कैलाली आउने भएका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई माओवादीमा प्रवेश गराउन र बिशेष सम्बोधनका क्रममा कैलाली आउन लागेका हुन् । कैलालीको गौरिगङ्गा नगरपालिका ८ वडा कार्यालय अगाडिको खुल्ला मैदानमा बैशाख ८ गते प्रवेश गराउनुका साथै अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी नेता नैनबहादुर चौधरी ‘बिवेक’ ले जानकारी दिए ।

कार्यक्रम गौरीगंगा नगरपालिका वडा नं ८ लिक्मा मेला लाग्ने स्थानमा हुने र कार्यक्रमको तयारी पूरा भएको माओवादी केन्द्रले जनाएको छ । विभिन्न पार्टी परित्याग गरी हजारौंको संख्यामा नेता कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

कैलालीमा २०६४ सालको निर्वाचनमा जस्तै माओवादीमा जनलहर छाएको माओवादी केन्द्र गौरीगंगाका इन्चार्ज नविन धामीले बताए । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कैलालीमा माओवादी केन्द्रका उम्मेदवारलाई विजय गराउन पछिल्लोपटक माहोल बन्दै गएको माओवादी केन्द्रले जनाएको छ ।

facebook sharing button
twitter sharing button
email sharing button
messenger sharing button
टिप्पणीहरू
Loading...