Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

वैशाख ११ गते काठमाडौंमा पवनदीपको कन्सर्ट हुने

0 57

काठमाडौं, ४ बैशाख ।। इण्डियन आइडल सिजन १२ का विजेता पवनदीप राजन सांगीतिक कार्यक्रमका लागि नेपाल आउने भएका छन् । यही वैशाख ११ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबमा रोटरी क्लब अफ पाटन वेस्टले आयोजना गर्ने कन्सर्टका लागि उनी नेपाल आउन लागेका हुन् ।

कार्यक्रमको व्यवस्थापनको जिम्मा भने ३६५ इभेन्ट्स एण्ड मिडियाले लिएको एलओडीले जनाएको छ । यसैगरी होटल याक एण्ड यतिमा हुने अर्को कार्यक्रममा पनि पवनदीप सहभागी हुनेछन् ।

एलओडीमा हुने कार्यक्रमका लागि २५ सय र ३ हजार रुपैयाँ दरको टिकट राखिएको र उक्त टिकटबाट उठेको रकम सामाजिक कार्यका लागि उपलब्ध गराइने आयोजकले जनाएको छ । आईएमई पेबाट अनलाइन टिकट खरिद गर्न सकिने जनाइएको छ ।

यसअघि कोरोना महामारीका कारण स्थगित पवनदीपको सांगीतिक कार्यक्रम यसपटक भने भव्य रुपमा सफल हुने आयोजकको अपेक्षा छ ।

टिप्पणीहरू
Loading...