धनगढी, २९ गते । जनता समाजवादी पार्टी (जसपा) का सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी नेकपा (माओवादी केन्द्र) मा फर्किएका छन् ।
जसपा पार्टी परित्याग गरि उनी माओवादीमा फर्किएका हुन् । २०६४ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ बाट उनी माओवादी पार्टीबाटै संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।

पछि उनी माओवादी पार्टी परित्याग गरेर डा. बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टी हुँदै जसपामा पुगेका थिए । यसैगरी, मुक्त कमैया अगुवा समेत रहेका कैलालीका जसपा नेता पशुपति चौधरी लगायत दर्जन बढि नेताहरु माओवादीमा प्रवेश गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज काठमाण्डौंमा जनता समाजवादी पार्टी (जसपा) का सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी लगायतका नेताहरुलाई पार्टी प्रवेश गराउनुका साथै स्वागत गरेका छन् ।
