Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीमा पनि गठबन्धन दलबीच चुनावी तालमेल गर्ने तयारी

0 133

कैलाली, २३ चैत ।। स्थानीय निर्वाचनमा  कैलालीमा पनि पाँच दल गठबन्धन  हुने सम्भावना बढेको छ   । बुधवार काँग्रेस पार्टी कार्यालय कैलाली बसेको ५ दलको बैठकमा वडा सम्मै तालमेल गर्नेमा दलहरू सहमत भएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) कैलालीका उपाध्यक्ष तथा वार्ता समूहका सदस्य विमल जोशीले दलहरू गठबन्धन प्रति प्रतिबद्ध रहने निर्णय गरेको बताए । उनले आ–आफ्नो दलले आन्तरिक छलफल जारी राख्ने सहमति भएको छ ।

आउँदो २५ गते २ बजे पुनः पाँचदलीय गठनबन्धको बैठक बस्ने जोशीले जानकारी दिए । आजको बैठकमा माओवादी केन्द्रका नेताको निधनका कारण उपस्थित हुन नसकेको बताइएको छ । २५ गते हुने बैठकमा सबै दलले आफ्नो तयारी अन्तिम चरणमा पुगाउने सहमति भएको छ ।

बैठकमा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य कैलाली इन्चार्ज, प्रदेश संसदीय दलका नेता दीर्घ सोडारी, केन्द्रीय सदस्य लक्ष्मी चौधरी, जिल्ला अध्यक्ष भैरव सिंह रावल, उपाध्यक्ष विमल जोशी, सचिव खडक रावत, उपसचिव दीर्घ जोशी, नेपाली काँग्रेसको तर्फबाट कैलालीका सभापति नारायणदत्त भट्ट, केन्द्रीय सदस्य नृप ओड, जिल्ला उपसभापति भीम बडुवाल, सचिव केशव मिश्र लगायतका नेताहरूको उपस्थिति रहेको थियो । यस अघि कञ्चनपुर, अछाम, डोटी र डडेल्धुरामा चुनावी तालमेल गर्ने गठबन्धन बिच सहमति भइसकेको छ ।

टिप्पणीहरू
Loading...