Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सुदूरपश्चिममा एमाले र बिप्लव माओवादी बिच गठबन्धन हुने

0 67

कैलाली, २२ चैत/ सुदूरपश्चिम प्रदेशमा एमाले र विप्लव माओवादी बिच बैशाख ३० गतेको चुनावी तालमेल गर्ने भएको छ । तालमेल कसरी गर्ने भन्ने बिषयमा आईतबार एमालेको सुदूरपश्चिम प्रदेश स्तरिय नेता र नेपाल कम्युनिष्ट पार्टी (बिप्लव)का दुई दल बिच बार्ता भएको छ । तालमेलका बिषयमा दुई पार्टी बिचको छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् ।

केन्द्रीय समितिले नै स्थानीय आवश्यकता अनुसार तालमेलन गर्नसकिने भन्ने निर्णय गरिसकेपछि हामीले मुद्या मिल्ने पार्टीहरु संग बर्ता अघि सारेको नेकपा एमलेका सुदूरपश्चिम प्रदेशका सचिव धर्मराज पाठकले जानकारी दिए ।‘सुदूरपश्चिम प्रदेशमा कसरी चुनावी तालमेल गर्न सकिन्छ भन्ने बिषयमा हामी दुई दल बिच घनिभुत छलफल भएको छ’ नेकपा एमलेका सुदूरपश्चिम प्रदेशका सचिव पाठकले भने–‘एजेन्डा र छफलफल सकारात्मक भएको, एकता हुन्छ ।’ प्रदेशका ८८ वटा स्थानिय तहमा कहा कसरी उम्मेदबार बनाउने भन्ने बिषयमा बर्ताबाट निश्कर्ष निस्कने उनले बताए ।

सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा समाजबादी भएकाले पनि अहिले एमालेको शाख केही कमी आएको छ ।सुदूरपश्चिमका एमालेमा लेखराज भट्ट र भिम रावलको टकरावले पनि पार्टी कमजोर भईरहेको कार्यकर्ताको बुझाई रहेको छ । यसले गर्दा पनि एमाले तालमेलका लागि आफ संग एजेण्डा मिल्ने दल संग सहकार्यका लागि बर्ता अघि बढाएको छ ।

दुई दल बिच छलफल सकारात्मक भएको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले जानकारी दिए । एमाले सरकार रहदाको हामी संग तिन बुदे सहमती अनुसारनै अघि बढी रहेको उनले बताए । ‘राष्ट्रियताका बिषयमा हामी दुई दलको एजेण्डा मिल्ने भएको छ’ केन्द्रीय सदस्य पुनले भने–‘एसिसीका पक्षमा पनि एमाले नभएकाले पनि राष्ट्रियताका पक्षधर बिच चुनावी गठबन्धन हुन लागेको हो ।’ निर्वाचनमा कती सिट कसले लिने र कसरी जाने भन्ने बिषयमा अहिले निर्णय भैसके भने नसकेको केन्द्रीय सदस्य पुने बताए ।

एमाले र विप्लव माओवादीका नेताहरु छलफल सकारात्मक भएको स्वीकारेका छन् । अब यसलाई कसरी मुर्तरुपमा अघी बढ्ने बुदागत रुपमा छलफल हुने उनीहरुले बताएका छन् । बर्तामा एमालेका तर्फबाट सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी, सचिव धर्मराज पाठक, एमाले नेता रणबहादुर चन्द रहेका थिए भने नेकपा माओवादीका तर्फबाट नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यद्वय ओमप्रकाश पुन, दलबहादुर धामी, बझाङका पार्टी सचिव डिपी उपाध्याय, बैतडी पार्टी सचिव रामसिह बुढा लगाएतका नेताहरु छलफलमा सहभागि रहेका थिए ।

टिप्पणीहरू
Loading...