Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

किशोरीलाई मनोसामाजिक विमर्श आत्मा रक्षा तालिम

0 133

मसुरिया, ७ चैत्र ।। कैलालीको गौरीगंङ्गा नगरपालिका वडा नं ५ मा किशोरीलाई मनोसामाजिक विमर्श आत्मा रक्षा सम्बन्धी दुई दिने कार्यक्रम सम्पन्न भएको छ ।

वडा कार्यालयको सहयोगमा लैंङ्गिक हिंसा विरुद्धको अभियान भन्ने मुल नाराका साथ समावेशी एक्सन ग्रुपले कार्यक्रम गरेको हो ।

वडा न ५ का वडा अध्यक्ष जङ्ग बहादुर विकले कार्यक्रमलाई सम्बोधन गर्दै किशोरी माथि हुने विभिन्न अपराधीक कामलाई निरुत्साहित गर्न किशोरी आत्मा रक्षा तथा मनोसामाजिक विमर्श कार्यक्रम सञ्चालनमा सहयाेग गरेकाे बताएका थिए ।

सुरक्षित समाजको परिकल्पना र परिवर्तनलाई सबैजनाले आफ्नो घर परिवार, टोल, गाउँ तथा समाजमा अनुसरण गरे छोरीहरुको सुरक्षाले र आत्मा सम्मान सहितको समुन्नत वडा बन्न सक्ने विश्वास व्यक्त गरेका थिए ।

ग्रुपका अध्यक्ष यसोदा बराल को अध्यक्षतामा गरिएको कार्यक्रमका प्रमुख अतिथिमा कैलाली जिल्ला समन्वय समितिका उप-सयोजक सुन्दरी चौधरी रहेकी थिइन् ।

महोन्याल मा वि का प्रधानध्यापक केशव राज भट्ट, वडा सदस्य लीलाराम सदाशंकर, महिला हिंसा विरुद्ध वडा नं ५ का अध्यक्ष सरिता बिक , जनजागृती आ वि का निमित्त प्रधानध्यापक धनप्रसाद श्रेष्ठ, वडा सचिव ललित सिँह लगायत समाजसेवी बुद्धिजीवीहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन प्रकाश नेपालीले गरेका थिए ।

कार्यक्रममा वडाका ७० जना किशोरीले सक्रिय सहभागिता जनाएका थिए।

टिप्पणीहरू
Loading...