Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

व्यापारिक कम्प्लेक्स शिलान्यास

0 361

मसुरिया, ६ चैत्र ।। कैलालीको गौरीगङ्गा नगरपालिका वडा नम्बर – ९ मसुरियामा व्यापारिक कम्प्लेक्स निर्माण सुरु भएको छ । कम्प्लेक्स को वडा नं ९ का अध्यक्ष हरि प्रसाद तिवारीले शिलान्यास गरेका छन् ।

गौरीगंगा नगरपालिकाको व्यापारिक केन्द्रको रुपमा विकास हुँदै गएको मसुरिया बजारमा यो भवनको निर्माणले व्यावसायिक गतिविधिमा सहयोग पुग्ने विश्वास लिइएको वडा अध्यक्ष तिवारीले बताए ।

गौरीगंगा नगरपालिकाको तीस लाख रुपैयाँको लागतमा निर्माण हुने पाँच कोठा भवनको कडेल सुपर कन्स्ट्रक्सन कम्पनीले बनाउने छ ।

भवनका साथै वडा कार्यालय घेरबार पर्खाल निर्माण सम्झौता भएको कम्पनीका प्रमुख उमेश कडेलले जानकारी दिए । भवन जेठ मसान्तभित्र निर्माण सम्पन्न गरि हस्तान्तरण हुने छ ।

टिप्पणीहरू
Loading...