Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

होलीमा उच्छृङ्खल गतिविधि नगर्न कैलाली प्रशासनको अनुरोध

0 69

कैलाली, २ चैत ।। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीले होली पर्वमा जबरजस्ती रङ दल्ने र लोला हान्ने जस्ता क्रियाकलाप नगर्न आग्रह गरेको छ ।
तराईका जिल्लामा (चैत ४ गते )शुक्रवार परेको होली पर्वमा रमाइलो तथा मनोरञ्जनका नाममा हुनसक्ने उच्छृङ्खल तथा आपराधिक गतिविधि हुन वा गर्न नदिन सबैले सुरक्षाका उपायहरूमा ध्यान दिन आग्रह गरिएको हो ।

Holi Suchna


पर्वलाई मर्यादित रूपमा मनाउनुपर्ने भन्दै इच्छा विपरीतका कार्य भए प्रहरी कानुनी रूपमा प्रस्तुत हुने समेत प्रहरीले चेतावनी दिएको छ । कोरोनाको जोखिम यथावत् रहेको हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गर्न पनि अनुरोध गरेको छ ।
रङ र अबिरका साथ एकापसमा खुसीयाली साटासाट गरी हर्षोल्लासमय वातावरणमा मनाइने होली पर्वका नाममा उच्छृङ्खल र अराजक गतिविधि हुन नदिन सुरक्षा योजना लागू गरिएको कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
यहाँका मुख्य बजारका विभिन्न क्षेत्रमा विशेष सुरक्षा जनशक्ति खटिएको उनले बताए । सडक चोक तथा सार्वजनिक स्थानमा मदिरा सेवन गरी हो–हल्ला, समूहगत झैझगडा र क्षमताभन्दा बढी यात्रु राख्ने विरुद्ध कारबाही हुने जनाएको छ ।

टिप्पणीहरू
Loading...