कैलाली, १ चैत ।। जिल्लामा बनडढेलो नियन्त्रण तथा ब्यबस्थापन सम्बन्धि जनचेतना सप्ताह आज बाट सुरु भयको छ । डढेलोबाट बनलाइ जोगाऔ, बन जङ्गलमा डढेलो लाग्न नदिऔ, लागि हालेमा सम्पुर्ण उपभोक्ता मिलि तुरुन्तै निभाऔ भन्ने मुल नाराका साथ आजबाट बन डढेलो नियन्त्रण तथा ब्यबस्थापन सम्बन्धि जनचेतना सप्ताह सुरु भएको हो ।
डिभिजन बन कार्यालय पहलमानपुरले प्रत्येक बर्ष चैत १ गते देखि ७ गते सम्म मनाउँदै आएको सप्ताहको मंगलबार औपचारिक उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका वडा न १० का वडा अध्यक्ष भिम बहादुर बमले पछिल्लो समयमा राजमार्ग क्षेत्रमा बढी रहेका बन अतिक्रमण, आगलागी हुने गरेको छ । उनले चुरे क्षेत्रमा भएका बस्तिलाइ तेहि बसिराख्ने वातावरण बनाउन, चुरेको माटो संगै बन जङ्गल संरक्षणमा जोड दिनु पर्ने बताए ।
यस्तै, बसन्ता सरक्षित बन कार्यक्रमका अध्यक्ष पुस्कल बमले भने गर्मीको समयमा बन जङ्गलमा पात झरेर बढी स्याउला हुने , नयाँ पालुवा पलाउने, खडेरीमा बढी आगलागीको जोखिम हुने भएकाले यसलाइ सबैले रोक्न र न्यूनीकरण गर्नका लागि जिम्मेवारी पुर्वक काम गरि दिन सबैलाई आग्रह गरेका छन्।

कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यलय सुखडका प्रमुख लक्ष्मण शाहीले गर्मीयाममा आगलागीबाट बर्सेनि लाखौं बहुमुल्य जडिबुटी, काठ, बन्यजन्तुको बासस्थान क्षती, नयाँ पालुवा समेत नोक्सान हुने बताए । यसरी सामुदायिक बन, जनप्रतिनिधि, स्थानीय बासिन्दा, स्थानीय स्तरमा रहेका प्रहरी कार्यलयहरुले सहकार्य भएमा आगलागी न्यूनीकरण गरिन सकिने बताए ।
कार्यक्रममा बोल्दै डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख गोकुल रिजालले एक्लै बन कार्यलयले मात्र यस्तो कार्य गर्न नसकिने बताए । जसका लागि सामुदायिक बनहरुले प्राविधिक सहयोग लिई नियमित कट्नी छट्नी, अग्निरेखा निमार्ण, बन ब्यबस्थापन जस्ता कार्य गरे बनडढेलो शुन्यमा झार्न सकिने बताए ।
सप्ताहकै अवसरमा बनजङ्गलमा डढेलो लाग्नै नदिऔ , लागिहालेमा सबै मिलि तुरुन्त निभाऔ, हाम्रो बनलाइ डढेलोबाट हामिले नै जोगाऔ, डढेलो बाट बनलाइ जोगाऔ, बन क्षेत्रमा जादा सलाइ ,लाइटर जस्ता प्रज्वलन सिल बस्तु नलैजाऔ, अग्निरेखाको समय समयमा मर्मत तथा सफा गरौ भन्ने प्ले कार्ड सहित र्याली निकालिएको थियो । र्याली पहलमानपुर बजार परिक्रमा गरिएको थियो ।
कार्यक्रममा बनका कर्मचारी, सामुदायिक बनका पदाधिकारी, संरक्षणप्रेमी लगायतको सहभागिता रहेको थियो ।