Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीको लौसामा बृहत कठरिया साँस्कृतिक होरी महोत्सव २०७८ हुने

0 360

टिआर कठरिया, २८ फागुन ।। कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नं. ८ लौसामा बृहत कठरिया साँस्कृतिक होरी महोत्सव २०७८ हुने भएको छ । जनकल्याण युवा क्लव तथा लौसा गाउँ समाजको आयोजना र कैलाली जिल्लाका कठरिया गाउँहरुको सक्रियतामा महोत्सव चैत १० र ११ गते हुने भएको हो ।

भाषा, संस्कृति र पहिचान संरक्षण, सम्बर्द्धन गर्ने उदेश्यका साथ आयोजना हुन लागेको महोत्सवमा फगुई (फागुपुर्णिमा अर्थात होली) मा कठरिया समुदायले नाच्दै आएको ठाढी र कलाकार होरीको विशेष प्रर्दशनी रहने आयोजक क्लबका सल्लाहकार लौटन कठरियाले बताए । यसका साथै महोत्सवमा कठरिया कलाकारहरुको बेजोड प्रस्तुती, मौलिक भेषभुषा, गरगहना प्रर्दशन, विभिन्न माध्यमबाट समुदायको हितमा निरन्तर कार्य गरेका ब्यक्तित्व सम्मान लगायतको कार्यक्रम रहने उनी बताउँछन् ।

कैलारी गाउँपालिका वडा नं. ८ को आर्थिक सहयोग तथा कठरिया समाज नेपालको समन्वयमा हुन लागेको महोत्सवमा नेपाल तथा भारतमा वासोवास गर्ने ५० भन्दा बढि गाउँका कठरियाहरुको उत्साहजनक सहभागिता रहने आयोजकको भनाई रहेको छ ।
शानिवार लौसामा भएको सो समुदायको बृहत भेलामा कठरिया समाज नेपालका केन्द्रिय अध्यक्ष गया प्रसाद कठरिया, कैलारी गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष दुखिराम कठरिया, भजनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष अमर बहादुर कठरिया, गौरीगंगा १० का वडा सदस्य मिना कठरिया, घोडाघोडी ११ का वडा सदस्य नन्दराम कठरिया, कैलारी ८ का वडा सदस्य तारामल कठरिया, गितकार सुवेश कठरिया लगायत बड्घर, भल्मन्सा, पध्ना, अगड्या अगुवा बुद्धिजिवी, समाजसेवीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

बृहत कठरिया साँस्कृतिक होरी महोत्सव २०७८ को मिडिया पार्टनर कठरिया सन्देश डटकम, कठरियन पोष्ट र केटिभी नेपाल अनलाइन टिभी रहेको छ ।

टिप्पणीहरू
Loading...