राजेन्द्र कठरिया, २३ फागुन ।। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ११ सिसैयामा रहेको पशुपति सामुदायिक बन उपभोक्ता समुहको छैठौं साधारण सभा तथा सार्बजनिक सुनुवाई कार्यक्रम सोमवार सम्पन्न भएको छ ।
सो बनका अध्यक्ष बालकराम कठरियाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी घोडाघोडी नगरपालिका वडा नं. ११ का वडाध्यक्ष दानसिंह जोगी रहेका थिए ।
गाउँका भल्मन्सा गया प्रसाद कठरियाको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा विभिन्न सामुदायिक बनका अध्यक्ष तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
बनका सचिव जानकी कठरियाले ४ लाख ९९ हजार ५ सय ७९ रुपैयाँ बराबरको आर्थिक बर्ष २०७७/०६८ को बार्षिक आय ब्यय प्रस्तुत गरेको कार्यक्रममा सो बनलाई विभिन्न तवरले सहयोग गरेका ३ जनालाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा गाउँका पुर्ब भल्मन्सा भोलुराम कठरिया, बन हेरालु हरिबाबु कठरिया र शिक्षक जालीराम कठरिया रहेका छन् ।
पशुपति सामुदायिक बन उपभोक्ता समुहका उपभोक्ताहरुको उत्साहजनक सहभागिता रहेको कार्यक्रमको संचालन बिवश चौधरीले गरेका थिए ।