Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

फोनिज सुदूरपश्चिमको अध्यक्षमा लखन चौधरी

0 122

कैलाली, २० फागुन ।। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुदूरपश्चिम प्रदेश दोस्रो अधिवेशन धनगढीमा भएको छ । अधिवेशनले फोनिज प्रदेश अध्यक्षमा लखन चौधरीलाई सर्वसम्मतले चयन गर्दै नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा जुद्ध चौधरी, महासचिवमा कालीमैया चौधरी ‘उन्नति’, सचिवमा भानुप्रताप राना (संगठन), बलराम चौधरी (संस्थागत) र कोषाध्यक्षमा दुर्जन चौधरी चयन भएका छन् । यसैगरी, सदस्यहरुमा रजनी राना, नन्दलाल राना, टीआर कठरिया र नरेन्द्र चौधरी चयन भएका छन् ।

यसअघि, निवर्तमान अध्यक्ष भीम चौधरीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा फोनिजका केन्द्रीय उपाध्यक्ष लक्की चौधरी, नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका उपाध्यक्ष योगेन्द्र बलायर, फोनिजका प्रदेश इन्चार्ज रामचन्द्र कुश्मी, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

टिप्पणीहरू
Loading...